केन्या । केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय श्रृङ्खला खेलेको नेपाली टोली आज स्वदेश फर्कदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोली भ्रमण सकेर आजबिहान स्वदेश फर्कने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृङ्खला ३–२ ले जितेको थियो ।३ खेलको एकदिवसीय ३–० ले क्लिन स्विप गरेको थियो ।