Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी 

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी 

images

इच्छाकामना न्युज

२२, भाद्र २०७९
मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी 
images

काठमाण्डौ । सरकारले नेपाल मिडिया काउन्सिल विधेयक २०७६ पारित गर्ने तयारी गरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसअघि मन्त्री कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको नेपाल मिडिया काउन्सिल विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

आजको बैठकमा सांसद् भीमबहादुर रावलले ‘माथिल्लो कर्णाली जलविद्यतु आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवद्र्धन गर्न आवश्यक भएकोले’ भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची छ ।

उक्त ध्यानाकर्षणको सम्बन्धमा सांसद् यज्ञबहादुर बोगटी र राजबहादुर बुढाक्षेत्रीले स्पष्टीकरण माग गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - ०९:२०:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology