Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिगमाथि जबरजस्ती करणीको उजुरी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिगमाथि जबरजस्ती करणीको उजुरी

इच्छाकामना न्युज

२२, भाद्र २०७९
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिगमाथि जबरजस्ती करणीको उजुरी
images

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नबालिगमाथि जबरजस्ती करणीको उजुरी परेको छ । सन्दीपविरुद्ध हिजो मंगलबार जबरजस्ती करणीको उजुरी परेको हो । उनीविरुद्ध गत भदौ पाँच गते एक १७ वर्षीया किशोरीलाई प्रभावमा पारेर जबरजस्ती करणी गरेको उजुरी परेको हो ।

images
images

उजुरीमा नाबालिगले सन्दीपसँग सामाजिक सञ्जालमार्फत चिनजान भएको र भेट्न बोलाएर उनले आफूलाई जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । उजुरीमा बालिकाले बालात्कार भएको दिन भदौमा पाँच गते आफूलाई सन्दीपले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउसहित नगरकोटसम्म घुमाएको र राति पिंगलास्थानको होटलमा लगेर राखेको विवरण उल्लेख गरेकी छन् ।

प्रहरी प्रधान कार्यालयको उच्च स्रोतका अनुसार बालिकाले त्यस रात आफूलाई सन्दीपले दुईपटक जबरजस्ती करणी गरेको बताएकी छन् । मंगलबार अबेर उजुरी परेकाले उनीविरुद्ध पक्राउ पुर्जी जारी नभएको र आज हुने स्रोतले बतायो । ती बालिका अहिले प्रहरी र आफन्तको संरक्षणमा रहेको बताइएको छ । उक्त घटना भएको भोलिपल्ट सन्दीप केन्यासँग सिरिज खेल्नका लागि प्रस्थान गरेका थिए ।

 
 

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - ०९:०३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology