Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

एक महिनामै विदेशबाट एक अर्ब ३३ करोडभन्दा बढीको फलफूल भित्रिए

एक महिनामै विदेशबाट एक अर्ब ३३ करोडभन्दा बढीको फलफूल भित्रिए

images

इच्छाकामना न्युज

२२, भाद्र २०७९
एक महिनामै विदेशबाट एक अर्ब ३३ करोडभन्दा बढीको फलफूल भित्रिए
images

काठमाडौं । नेपालमा एक महिनामा विदेशबाट १ अर्ब ३३ करोड ३७ लाख ९५ हजार रुपैयाँको विभिन्न फलफूल भित्रिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा विभिन्न देशबाट उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो । सो अवधिमा विदेशबाट २ करोड ४६ लाख ८६ हजार ५७७ केजी विभिन्न फलफूल नेपालले आयात गरेको छ ।

गत साउन महिनामा नेपालले ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ, ७ करोड ८६ लाख ३६ हजार रुपैयाँको केरा, ५ करोड ६४ लाख ३ हजार रुपैयाँको भुइकटहर, १ करोड १५ लाख २८ हजार रुपैयाँको एभोकाडो, १८ करोड ५ लाख ६९ हजार रुपैयाँको आँप र अम्बा नेपालले आयात गरेको छ ।

सोही अवधिमा नेपालले विभिन्न देशबाट ८७ लाख ५५ हजार रुपैयाँको सुन्तला, ५ करोड २० लाख ८१ हजार रुपैयाँको खरबुजा, ३ करोड २७ लाख ७४ हजार रुपैयाँको मेवा, १० करोड २ लाख १ हजार रुपैयाँको अनार आयात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको विभिन्न फलफूलहरु विदेशबाट आयात गरेको थियो ।

 
 

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - ०८:५९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology