Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै 

महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै 

images

इच्छाकामना न्युज

२१, भाद्र २०७९
महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै 
images

काठमाण्डौ । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले गर्नुहुनेछ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेको छ भने समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलङ्का र भुटान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ । प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भुटानबीचको खेल साँझ ५ ः ३० मा सुरु हुनेछ । साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ भने भुटान पनि प्रतियोगितामा जितसहित सुखद सुरुआत गर्न चाहन्छ । 

images
प्रकाशित मिति :भाद्र २१, २०७९ मंगलवार - ०९:४९:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology