Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ मा हुने

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ मा हुने

images

इच्छाकामना न्युज

१९, भाद्र २०७९
तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ मा हुने
images

काठमाण्डौ । विभिन्न संचारमाध्यमा कार्यरत गुरुङ सञ्चारकर्मीहरुको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ । शनिबार काठमाण्डौ बसेको केन्द्रीय समितिको बैठकले संघको पाँचौ राष्ट्रिय महाधिवेशन आगामी फागुन २६ र २७ गते गर्ने निर्णय गरेको हो।

बैठकले महाधिवेशनको लागि मिति तोकेको भएपनि स्थान भने पछि अर्को बैठकबाट तोकिने निर्णय गरेको संघका महासचिव रोश्नी गुरुङले जानकारी दिए।

महासचिव गुरुङका अनुसार बैठकले संघको नयाँ सदस्यता वितरण र नविकरणको कार्य सुरु गर्ने, आगामी मंसिर भित्र कास्कि जिल्लाको अधिवेशन गर्ने र गण्डकी प्रदेश स्तरीय तदर्थ समिति गठन गर्ने, त्यस्तै उपत्यका समन्वय समिति गठन गर्ने, संघले हरेक वर्षको तमू ल्होसारमा प्रकाशन गर्दै आईरहेको गुरुङ न्युज डटकम र पुरस्कार वितरण गर्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिने लगायतका निर्णयहरु गरेको छ।

साथै संघको चितवनमा दोस्रो शाखा स्थापना गरि कार्यालय समेत स्थापना गर्न सफल भएकोमा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल चितवनलाई बधाई र शुभकामना दिने समेत निर्णय गरेको छ।

images
प्रकाशित मिति :भाद्र १९, २०७९ आइतवार - ०९:०३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology