Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

डेङ्गीको सङ्क्रमण

डेङ्गीको सङ्क्रमणबाट बच्न हरेक व्यक्ति सचेत हुनुपर्ने विज्ञहरूको भनाइ 

डेङ्गीको सङ्क्रमणबाट बच्न हरेक व्यक्ति सचेत हुनुपर्ने विज्ञहरूको भनाइ 

images

सिआईएन

१७, भाद्र २०७९
डेङ्गीको सङ्क्रमणबाट बच्न हरेक व्यक्ति सचेत हुनुपर्ने विज्ञहरूको भनाइ 
images

अविनाश आचार्य, काठमाडौँ । डेङ्गीको सङ्क्रमणबाट बच्न हरेक व्यक्ति सचेत हुनुपर्ने विज्ञहरूले बताएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन यता नेपालमा डेङ्गीका तीन हजार दुई सय २७ बिरामी छन् । जसमा सबैभन्दा बढी सङ्क्रमित ललितपुरमा छन् ।

स्वास्थ्य कार्यालय ललितपुरले सङ्क्रमण रोक्नका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ तर विज्ञहरू हरेक व्यक्ति सचेत हुनुपर्नेमा जोड दिन्छन् । दुई महिनाको अवधिमा ललितपुर उपमहानगरमा मात्रै १३ सयभन्दा धेरै व्यक्तिमा डेङ्गी पुष्टि भइसकेको छ ।लगनखेलस्थित पाटन अस्पतालमा साउन यता मात्रै सात सयभन्दा धेरै डेङ्गीका बिरामी उपचारका लागि पुगेका छन् ।

ललितपुरमा सबैभन्दा धेरै डेङ्गीको सङ्क्रमण फैलिएपछि महानगरले पनि विश्लेषण गरिरहेको महानगरपालिकाका डेङ्गी फोकल पर्सन डिल्लिशेर केसीले बताउनुभयो ।

ललितपुर महानगरपालिकाले २९ वटा वडामा ६ सय ४३ स्वास्थ्यकर्मी डेङ्गी नियन्त्रणका लागि परिचालन गरेको छ भने खोज र नष्ट गर अभियान चलाइरहेको छ । तर पनि बिरामीहरू अस्पताल पुग्नेक्रम रोकिएको छैन । टेकु अस्पतालमा डेङ्गीसँग मिल्दोजुल्दो लक्षण लिएर एक सातायता दैनिक दुई सय बिरामी पुग्ने गरेका छन् ।

स्थानीय सरकारसँगै नागरिकको सावधानीले नै यसबाट बच्न सकिने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले बताउनुभयो ।

ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण डेङ्गीका बिरामीमा देखिन्छ । पानी जम्ने जुनसुकै स्थानमा पनि डेङ्गी सार्ने एडिस प्रजातिको लामखुट्टे सजिलै हुर्कन सक्ने भएकाले त्यस्ता खाल्डाखुल्डी पुर्नुपर्छ । बिरामीको नाक, गिजा, दिसा लगायतमा रगत देखिएमा भने तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - ०९:१६:३२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology