Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नक्सा विपरितको संरचना हटाउने काठमाडौँ महानगरको अभियान, अन्य सहरले पनि अनुसरण गर्दै 

नक्सा विपरितको संरचना हटाउने काठमाडौँ महानगरको अभियान, अन्य सहरले पनि अनुसरण गर्दै 

images

सिआईएन

१६, भाद्र २०७९
नक्सा विपरितको संरचना हटाउने काठमाडौँ महानगरको अभियान, अन्य सहरले पनि अनुसरण गर्दै 
images

अविनाश आचार्य, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्सा विपरितको संरचना हटाउने अभियानलाई अन्य स्थानीय तहले पनि अनुसरण गर्न थालेका छन् । काठमाडौँको सिको गरेर देशका अन्य सहरहरूमा पनि अब्यवस्थित संरचना ब्यवस्थापनको अभियान सुरु भएको हो ।

बढ्दो सहरीकरणले भइरहेको पार्किङको समस्या समाधान गर्न काठमाडाँै महानगरपालिकाले गत साउन एक गते ३५ दिने सूचना जारी गर्दै घर तथा भवन निर्माण गर्दा पास भएको नक्साअनुसार अन्डरग्राउन्ड अर्थात् भूमिगत तल्ला, सवारीसाधन पार्किङका लागि प्रयोग गर्न निर्देशन दिएको थियो । तर अन्य प्रयोजनमा प्रयोग गरिएका भूमिगत तल्ला खाली गराउन व्यवसायीले अटेर गरेपछि कानुन मिचेर बनाईएका संरचना हटाउन महानगर आफैँ लागि परेको छ ।

महानगरले सूचना टाँस गरेरै संरचना हटाउन थालेकाले यसलाई गैरकानुनी भन्न नमिल्ने कानुनविद् डा. चन्द्रकान्त ज्ञवालीले बताउनुभयो । महानगरपालिका कार्यालयका अनुसार सहरभित्र बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ वटा भवन छन् । तर अधिकांसले उक्त संरचना पार्किङका लागि प्रयोग गरेका छैनन् । अभियान सफल भए, पार्किङको २५ प्रतिशत समस्या समाधान हुने महानगरको विश्वास छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - ०९:३२:३४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology