Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मोटरसाइकलमा मोबाइल स्ट्यान्ड राखे अब २० हजारसम्म जरिवाना तिर्नुपर्ने

मोटरसाइकलमा मोबाइल स्ट्यान्ड राखे अब २० हजारसम्म जरिवाना तिर्नुपर्ने

images

इच्छाकामना न्युज

१५, भाद्र २०७९
मोटरसाइकलमा मोबाइल स्ट्यान्ड राखे अब २० हजारसम्म जरिवाना तिर्नुपर्ने
images

काठमाडौं । नेपाल ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा कम्पनीले बनाएको संरचना विपरीत राखिएको मोबाइल स्ट्यान्ड राख्न रोक लगाउने भएको छ। नेपालमा अहिले अधिकतम् रूपमा ‘राइड सेयरिङ’ गर्ने बाइकहरूले यस्तो स्ट्यान्ड प्रयोग गरिरहेका छन्।

त्यसलाई नै हटाउन ट्राफिक कार्यलयले यस्तो निर्देशन दिएको हो। सवारी तथा यातायात ऐन २०४९ अनुसार सवारी साधनमा कम्पनीको संरचना विपरीत कुनै पनि साम्रागी प्रयोग गरे मोडिफिकेसन भएको हुने भएकोले यो प्रयोग गर्न रोक लगाउने भएको हो।

मोटरसाइकलमा मोबाइल स्टयान्ड प्रयोग गर्दा दुर्घटनाको जोखिम समेत बढेकोले कम्पनीको संरचना विपरीत प्रयोग गरेको कुनै पनि साम्रागी प्रयोग गर्न रोक लगाएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। भट्टले भने, ‘मोटरसाइकलमा यस्ता मोबाइल स्ट्यान्ड प्रयोग गर्दा मोबाइल हेर्दै बाइक चलाउँने, नक्सा हेर्न तथा फोटोरभिडियो खिच्न प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेको छ।’

ट्राफिक नियम उल्लंघन गरेमा ५ सयदेखि २ हजारसम्म र यातायात कार्यलयमा पठाउनु पर्‍यो भने ५ देखि २० हजारसम्म जरिवाना हुनसक्ने उनले बताए।

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - २२:३९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology