लर्ड्स । दक्षिण अफ्रिकाले पहिलो टेस्टमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । लर्ड्समा हिजो भएको खेलमा पाहुना टोलीले इंग्ल्यान्डलाई एक ईनिङ १२ रनले हराउँदै जित हात पारेको हो।
जितसँगै पाहुना टोलीले ३ खेलको टेस्ट सिरिजमा १–० को अग्रता बनाएको छ । पहिलो ईनिङमा पाहुना टोलीले १ सय ६१ रनको अग्रता बनाएको थियो । १ सय ६१ रनले पछि परेको दोस्रो ईनिङमा इंग्ल्यान्डले १ सय ४९ रन जोड्दा सम्पुर्ण विकेट गुमायो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले पहिलो इनिङमा अलआउट हुनु अघि १ सय ६५ रन बनाएको थियो ।पहिलो इनिङमा दक्षिण अफ्रिकाले ३ सय २६ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।दुई टोलीबीचको दोस्रो टेस्ट बिहीवार हुनेछ ।