Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुदूरपश्चिम प्रदेशमा मनाइने ओल्के पर्व प्रति युवा पुस्ताको चासो घट्दै 

सुदूरपश्चिम प्रदेशमा मनाइने ओल्के पर्व प्रति युवा पुस्ताको चासो घट्दै 

इच्छाकामना न्युज

२, भाद्र २०७९
सुदूरपश्चिम प्रदेशमा मनाइने ओल्के पर्व प्रति युवा पुस्ताको चासो घट्दै 
images

भावना पौडेल, डडेलधुरा । सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासका साथ मनाइने ओल्के पर्व प्रति नयाँ पुस्ताको चासो कम हुँदै गएको छ । सुदूरपश्चिममा प्रत्यक वर्षको भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा आफुभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल अनि कोशेलीहरू दिने, मीठो मसिनो खाने, आफन्त भेटघाट गरिन्छ ।

images
images

बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी, भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । हरेक वर्ष यो पर्व परेको दिन आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको कलिलो पात, चिउरीको पात, दूध, दही, मीठाइ, फलफूल तथा कोशेलीहरू दिने गरिएको छ ।  

ओल्के पर्वमा विवाहित छोरीलाई माइती घरमा आमन्त्रण गरी सेल, पुरी, माणा, निसोसे, डुब्का खिर लगायत सुदूरपश्चिमका खानाका परिकार खाने खुवाउने प्रचलन छ । केही दशक अघिसम्म यो पर्वको रौनक गाउँघरमा अलग्गै हुन्थ्यो । तर, हिजोआज पर्व मनाउने र यसलाई महत्व दिनेहरू भने घट्दै गएका छन् ।

यो पर्व प्रति युवा पुस्ताको आकर्षण नहुँदा लोप हुन सक्ने भन्दै सरोकारवाला निकाय चिन्तित बनेका छन् । ओल्के पर्वलाई गर्मीयामको प्रकोप र महामारीबाट बचेर नवजीवनको प्राप्ति भएको खुशियालीमा पनि मनाउने गरिएको जनविश्वास छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७९ बिहिवार - ०९:०९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology