Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दिनेशको सुसाइड नोट : श्रीमती मोबाइलसमेत हेर्न दिन्नथी, माइतीले सम्पति कब्जा गर्न खोजे

दिनेशको सुसाइड नोट : श्रीमती मोबाइलसमेत हेर्न दिन्नथी, माइतीले सम्पति कब्जा गर्न खोजे

'छोराछोरीको धेरै माया लाग्छ, छाडेर जान सकिनँ'

इच्छाकामना न्युज

१६, श्रावण २०७९
दिनेशको सुसाइड नोट : श्रीमती मोबाइलसमेत हेर्न दिन्नथी, माइतीले सम्पति कब्जा गर्न खोजे
images

काठमाण्डौ । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीका दिनेश पाण्डेले श्रीमती सुनिता र दुई छोराछोरीको ज्यान लिनुअघि लेखेको १० पेज लामो सुसाइड नोट भेटिएको छ।

images
images

नेपाल प्रहरी एकजना अनुसन्धान अधिकृतका अनुसार उक्त सुसाइड नोटमा दिनेशले यो घटनाको प्रमुख दोषी पत्नी सुनिता पाण्डेका माइतीलाई मानेका छन्। 

आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गरेर आफूलाई सिद्याउन खोजेपछि यति गम्भीर कदम उठाउन बाध्य भएको सुसाइड नोटमा उल्लेख गरेका छन्। 

लामो समयदेखि चलेको झगडाको परिणाम ४१ वर्षीय पति दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित १३ वर्षीया छोरी आशिका र ८ वर्षीया छोरा आशिकको पनि आइतवार राति ज्यान लिएर आत्महत्या गरेका थिए। 

महानगरीय प्रहरी परिसर र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको अनुसन्धानका क्रममा दिनेशको घरबाटै १० पेज लामो सुसाइड नोट भेटेको हो। 

‘मैले ११ वर्षसम्म कुवेतको तातो घाममा दु:ख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे’, उनले सुसाइड नोटमा भनेका छन्, ‘मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजिरहे। श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक पटक थुनाएर सबै सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ।’

दिनेशले आफ्ना दुई कलिला सन्तानको ज्यान लिने निर्णयबारे पनि सुसाइड नोटमा उल्लेख गरेका छन्। उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गर्ने भएपछि छोराछोरीलाई एक्लै छाड्न नचाहेको बताएका छन्। 

‘मेरा बच्चाबच्चीको औधी माया लाग्छ’, उनले नोटमा भनेका छन्, ‘मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लैजान कठोर कदम चाल्न बाध्य भएँ।’

उनले यो घटनाको कारकका रुपमा श्रीमतीलाई नै दोष देखाएका छन्। सुसाइड नोटमा दिनेशले श्रीमतीलाई अर्कैसँग सम्बन्धको पनि आशंका गरेका छन्। 

पाण्डेले आफूलाई मोबाइल समेत हेर्न नदिएको, लुकीलुकी अर्कैलाई म्यासेज र कल गर्ने गरेकाले आफूलाई सम्हाल्न गाह्रो भएको पनि सुसाइड नोटमा उल्लेख गरेका छन्। 

‘मलाई श्रीमतीले मोबाइल पनि छुन र हेर्न दिन्नथी। जति बेला पनि आफैं राख्ने गर्थी। हेर्नै नदिने गरेकाले मलाई शंका लागेको थियो’, उनले भनेका छन्, ‘श्रीमान् भए पनि उसले मेरो केयर गर्दैनथी। छि छि र दुरदुर गर्ने अनि हेप्ने गरेकाले मलाई पीडा भएर यो कदम उठाउन बाध्य भएँ। नेपाल खबरबाट 

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - २१:२७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology