Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मङ्कीपक्सको सङ्क्रमण बढ्दै गएपछि न्युयोर्कमा सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा 

मङ्कीपक्सको सङ्क्रमण बढ्दै गएपछि न्युयोर्कमा सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा 

images

एजेन्सी

१६, श्रावण २०७९
मङ्कीपक्सको सङ्क्रमण बढ्दै गएपछि न्युयोर्कमा सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा 
images

न्युयोर्क । अमेरिकाको न्युयोर्कसहरमा सार्वजनिक स्वास्थ्य सङ्कटको अवस्था घोषणा गरिएको छ। मङ्कीपक्सको सङ्क्रमण बढ्दै गएपछि न्यूयोर्कका मेयर एरिक एडम्स र शहरका स्वास्थ्य आयुक्त आश्विन भासनले सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा गर्नुभएको हो ।

संयुक्तरूपमा जारी वक्तव्यमा न्यूयोर्कमा हालसम्म १ हजार ३ सय ८३ जनामा मङ्कीपक्स भाइरसको सङ्क्रमणपुष्टि भइसकेको उल्लेख गरिएको छ । वक्तव्यमा मङ्कीपक्सको प्रकोपको केन्द्रको रुपमा न्युयोर्क रहेको र हाल करिब १ लाख ५० हजार न्यूयोर्कवासी मङ्कीपक्ससङ्क्रमणको जोखिममा रहेकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्याङ्कअनुसार अमेरिकामा हालसम्म ५ हजारभन्दा बढीमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । 

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - १०:४७:०३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology