Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सवारी साधन कर तथा जरिवाना रकम कार्यान्वयनमा आउन अझैँ एक साता लाग्ने

सवारी साधन कर तथा जरिवाना रकम कार्यान्वयनमा आउन अझैँ एक साता लाग्ने

images

एजेन्सी

१५, श्रावण २०७९
सवारी साधन कर तथा जरिवाना रकम कार्यान्वयनमा आउन अझैँ एक साता लाग्ने
images

पोखरा । गण्डकी प्रदेश सरकारले सच्याएको सवारी साधन कर तथा जरिवाना रकम कार्यान्वयनमा आउन अझैँ एक हप्ता लाग्ने भएको छ । राजपत्रमा प्रकाशित भएपछि मात्रै नयाँ व्यवस्था लागु हुनेछ ।

मुख्यमन्त्री बिरामी परेको र निको हुनेवित्तिकै राजपत्रमा प्रकाशित गर्ने तयारी भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले सीआईएनसँग बताउनुभयो ।

गत बुधवार सीआईएनले पोखरामा गरेको छलफलमा मन्त्री खड्काले ऐनमा भएको त्रुटिका कारण नागरिक मर्कामा पर्ने भएका कारण सच्याउने प्रतिबद्धता जनाउनुभएको थियो । सोहीदिन बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले सवारी साधन कर तथा जरिवाना रकम सच्याउने निर्णय गरेको थियो ।

यसैबीच गण्डकी प्रदेश सभाले पर्यटकलाई यातायातको सुविधा दिन सरकारले नै गाडी किनेर सञ्चालन गर्न पाउने गरी ऐन ल्याएको छ ।अस्ति संसदबाट पारित भएको ऐनले पर्यटकलाई गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउन सरकार आफैंले अग्रसरता लिन सक्ने गरी व्यवस्था गरेको सरकारका प्रवक्ता खड्काले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - ०९:०५:१५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology