काठमाण्डौ । साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको समूह विभाजनमा नेपाल रहेको समूह ‘बी’मा भारतसँगै भुटान पनि छ ।
समूह ‘ए’ आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश रहेका छन् । च्याम्पियनसिप भदौ २० देखि २९ गतेसम्म श्रीलङ्कामा आयोजना हुँदैछ ।
च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले गत मङ्गलबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाडी छनोट गरिरहेको छ । एन्फाले टोलीको मुख्य प्रशिक्षकमा थ्री स्टार क्लबका प्रशिक्षकसमेत रहेका उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।