Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु 

आज ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु 

images

इच्छाकामना न्युज

१४, श्रावण २०७९
आज ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु 
images

काठमाण्डौ । पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७७ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

सक्रिय सङ्क्रमितमध्ये चार हजार २१८ जना होम आइसोलेसनमा र १५१ जना संस्थागत आइसोलेनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना सङ्क्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९६६ जनाको मृत्यु भइसकेको छ । 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - १९:२१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology