Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हिमाली जिल्लामा पाठ्यपुस्त अभावमै परीक्षा सञ्चालन 

हिमाली जिल्लामा पाठ्यपुस्त अभावमै परीक्षा सञ्चालन 

इच्छाकामना न्युज

१४, श्रावण २०७९
हिमाली जिल्लामा पाठ्यपुस्त अभावमै परीक्षा सञ्चालन 
images

नवराज महतारा, हुम्ला । शैक्षिक सत्र सुरु भएको दुई महिना बित्यो । तर, दुर्गम हिमाली जिल्ला हुम्लाका विद्यार्थीले अझै पाठ्यपुस्तक पाएका छैनन् ।जिल्ला बाहिरबाट आउनुपर्ने नयाँ पाठ्यपुस्तक अहिलेसम्म पनि नपुगेपछि अधिकांश विद्यालयका विद्यार्थी पाठ्यपुस्तकबिनै विद्यालय जाने गरेका छन् ।

images
images

हुम्ला जिल्ला सदरमुकाम सिमकोटको मानसरोवर माध्यमिक विद्यायको कक्षा ६ मा अध्ययनरत विकास जेठारा र बालमन्दीर माध्यमिक विद्यालयकक्षा ५ का शैलेन्द्र महत कितावबिना पठनपाठनमा सहभागी हुँदा अप्ठ्यारो भएको बताउनुहुन्छ ।

विकास र शैलेन्द्र मात्रै होइन, पाठ्यपुस्तकबिनै जिल्लाका विद्यालयहरूले प्रथम त्रैमासिक परिक्षा चलाइरहेका छन् । पाठ्यपुस्तक ढुवानीका लागि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमा गुहार गर्दापनि विद्यालयले पाइसकेका छैनन् ।

पाठ्यपुस्तक ढुवानी गर्ने जिम्मा लिएका व्यवसायी, प्रतिनिधिले ढिला हुनुको कारण हवाई जहाज नचल्नु हो भन्दै पटकपटक टार्दै आएकाछन् । २ वर्षभन्दा धेरै समयसम्मको कोरोना कहरले बन्द भएका हुम्लाका विद्यालयले गएको शैक्षिक शत्र तीन महिना पढेर अन्तिम परिक्षामा विद्यार्थी सहभागी हुनु प¥यो ।

चालु शैक्षिक  शत्रका असार १ गतेदेखि भौतिक रुपमै विद्यालय सञ्चालनमा आए पनि तीन महिनासम्म पनि पाठ्यपुस्तक पुगेको छैन । 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - ०९:०९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology