Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एसपीपीबारे अमेरिकालाई पत्र पठाइएको सरकारको दावी 

एसपीपीबारे अमेरिकालाई पत्र पठाइएको सरकारको दावी 

images

इच्छाकामना न्युज

१३, श्रावण २०७९
एसपीपीबारे अमेरिकालाई पत्र पठाइएको सरकारको दावी 
images

काठमाण्डौ । नेपाल सरकारले अमेरिकी रक्षा साझेदारी स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अघि नबढाउने आफ्नो निर्णयबारे संयुक्त राज्य अमेरिकालाई औपचारिक रूपमा जानकारी गराएको दावी गरेको छ।

परराष्ट्र मन्त्री नारायण खड्काले प्रतिनिधिसभाको आजको बैठकमा गएको असार ६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयबारे अमेरिकी सरकारलाई साउन ९ मा जानकारी गराइएको बताउनु भएको हो ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणमा रहँदा एसपीपीबारे गरिएको पत्राचारबारे परराष्ट्रमन्त्रीले संसद्मा जानकारी गराउनु भएको हो । तरसांसदहरुले एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

नेपाल सरकारले अमेरिकालाई पठाएको पत्र यो गरिमामय सदनमा पढेनर सुनाउनुपर्ने सांसद पवित्रा निरौला खरेलले बताउनुभयो । उहाले त्यो पत्र अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई समेत बुझाउन माग गर्नु भयो । सांसद घनश्याम खतिवडाले पनि पत्रबारेजानकारी पाउनुपर्ने बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - १८:०७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology