Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

बरिष्ठ देउडा गायक हरिचन्द्र कडायतको निधन 

बरिष्ठ देउडा गायक हरिचन्द्र कडायतको निधन 

इच्छाकामना न्युज

११, श्रावण २०७९
बरिष्ठ देउडा गायक हरिचन्द्र कडायतको निधन 

टेकेन्द बोहरा, बझाङ । बरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । गम्भीर बिरामीभएपछि अस्पताल भर्ना हुनभएको उहाको आज बिहान कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

images

बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नँ २ मुम्ला का स्थायीबासी उहाँ ५४ वर्षमो हुनुभएको थियो ।कडायतलाई मस्तिष्कघात भएपछि  नवजीवन अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उहालाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो ।

कडायत ०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय रहनु भएको थियो ।  लोक डेउडा गायक कडायतले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘ल बिँडी खान्या की’लगायत दर्जन भन्दा वढीगीत चर्चित रहेका छन् ।

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - १८:४१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology