काठमाण्डौ, ८ साउन । प्रतिनिधि सभाको आजको बैठकले कारागार विधेयक पारित गर्ने तयारी भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा गृह मन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७८ लाई पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले “योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९” पेश गर्नुहुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले “मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले बताउनुभयो ।