Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आदिवासी जनजाति कर्मचारी महासंघको तदर्थ समिति गठन, अध्यक्षमा दिलकुमार लिम्बु

आदिवासी जनजाति कर्मचारी महासंघको तदर्थ समिति गठन, अध्यक्षमा दिलकुमार लिम्बु

images

इच्छाकामना न्युज

७, श्रावण २०७९
आदिवासी जनजाति कर्मचारी महासंघको तदर्थ समिति गठन, अध्यक्षमा दिलकुमार लिम्बु
images

काठमाडौं । आदिवासी जनजाति कर्मचारीहरूको छाता सङ्गठन निर्माण गर्न तदर्थ समिति गठन भएको  छ । निजामती तथा सरकारका विभिन्न सेवामा कार्यरत आदिवासी जनजाति समुदायका कर्मचारीहरूको  भेलाले नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ तदर्थ समिति गठन गरिएको हो । 

दिलकुमार लिम्बुको अध्यक्षतामा गठित महासंघको तदर्थ समितिमा ३५ सदस्य रहेका छन् । काठमाडौंको अनामनगरमा आयोजित भेलाको उद्घाटन जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले गर्नु भएको हो । 

समितिमा सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र असलीमाया तामाङ उपाध्यक्ष तथा जितेन्द्र बलामी महासचिव चयन हुनु भएको छ । त्यसैगरी, विष्णु चौधरी, यसी शेर्पा, डिलबहादुर तामाङ, रञ्जना मुखिया, पवन घर्तीमगर, रचना बुढाथोकी मगर र चक्रबहादुर घर्तीमगर सचिव चयन हुनु भएको छ ।

महासंघको तदर्थ समितिमा विनुका शेर्पा कोषाध्यक्ष र युनिल राई सह–कोषाध्यक्ष चयन हुनु भएको छ ।  त्यसैगरी, सुजित चौधरी, विकाश श्रेष्ठ, नविद्र सुनुवार, फूलमाया लिम्बू, हेमराज पुन मगर, अनिल श्रेष्ठ, रमेश सुनुवार, भुवन लिम्बू, जितबहादुर रानामगर, सोनी तामाङ, कविता राई, सन्ध्या सुब्बा, निना राई र धर्मबहादुर थारु सदस्य चयन हुनु भएको छ । 

अध्यक्ष दिलकुमार लिम्बुका अनुसार महासंघले ६ महिनाभित्र महाविधेशन गरी नयाँ कार्यसमिति चयन गर्नेछ । उहाँ हाल इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ ।

महासंघको विधान तयार पार्नका लागि भेलाले  कृष्टि रोकमगरको संयोजगत्वमा  विजय मोक्तान र गौतम बुढामगर सदस्य रहनु भएको विधान मस्यौदा समिति गठन गरेको छ । महासंघमा हाल  विभिन्न ८ वटा जातीय कर्मचारी संगठनहरू आवद्ध रहेका छन् । 

महासंघको अवधारणा र आगामी नीतिबारे  जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, नेपाल आदिवासी जनजाति महासंघका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का उपाध्यक्ष अमरध्वज लामा, नेपाल सरकारका उपसचिव प्रशान्त गुरूङ लगायतका वक्ताहरूले सुझाव राख्नु भएको थियो । 

भेलामा प्रस्तुत नेपाल आदिवासी जनजाति कर्मचारी महासंघको अवधारणा पत्रमा  महासंघको संरचना केन्द्रीय सभा, केन्द्रीय समिति, प्रदेस समिति, जिल्ला समिति र स्थानीय समिति गरी ५ तहको रहने उल्लेख छ । 

images
प्रकाशित मिति :श्रावण ७, २०७९ शनिवार - २१:१८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology