Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गाँजा र मदिरा नष्ट अभियान

महोत्तरीमा गाँजा र मदिरा नष्ट अभियान: एक वर्षमा १२ भट्टी बन्द, आठ लाख गाँजाका बिरुवा नष्ट

महोत्तरीमा गाँजा र मदिरा नष्ट अभियान: एक वर्षमा १२ भट्टी बन्द, आठ लाख गाँजाका बिरुवा नष्ट

images

इच्छाकामना न्युज

५, श्रावण २०७९
महोत्तरीमा गाँजा र मदिरा नष्ट अभियान: एक वर्षमा १२ भट्टी बन्द, आठ लाख गाँजाका बिरुवा नष्ट
images

महोत्तरी, ५ साउन । महोत्तरीमा मदिरा तथा गाँजाका कारण सामाजिक कलह बढीरहे पनि कलह नियन्त्रणमा प्रहरी निरन्तर सक्रिय रहेको जनाएको छ । गाउँगाउँ पुगेर घरेलु मदिरा उत्पादन रोक्नेदेखि लुकिछिपी भइरहेका गाँजा खेती नष्ट गर्न प्रहरी लागिरहेको उनीहरूको भनाइ छ ।

आर्थिक बर्ष ०७८/०७९ मा प्रहरीले १२ वटा भट्टी पसल बन्द भएको छ भने आठ लाखभन्दा बढी गाँजाका बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । १२ भट्टीबाट चार सय ४४ लिटर तयारी मदिरा, ८१ सय लिटर कच्चापदार्थ १२ वटा मेसिनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

यस्तै, आठ बिघाहा क्षेत्रफलमा लगाएको आठ लाख गाँजाका बोट समेत नष्ट गरेको छ । यो वर्ष मदिरा पसल तथा गाँजाको अड्डा भएको ठाउँमा निगरानी बढाएपछि केही हदसम्म नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

जिल्लाका भित्री बस्तीमा अहिले पनि घरेलु मदिराका कारण हो-हल्ला र झगडा दिनहुँ भइरहेको हुन्छ । सरकारले घरेलु मदिरालाई बजारमा ब्राण्ड बनाउने तयारी गरे पनि व्यवस्थित गर्न नसक्दा विकृती बढदै गएको छ । विशेषगरी मजदुर तथा विपन्न वर्गमा झन समस्या छ ।

सरकारले निश्चित क्षेत्र छुट्याएर उत्पादनका लागि मापदण्ड बनाए विकृती कम हुने र आयआर्जन पनि हुने बताउँछन् स्थानीय रामकिशोर साह । सरकारले गाँजा खेती तथा मदिरा उत्पादनलाई निश्चित मापदण्ड बनाइ सञ्चालन तथा उत्पादन गर्न पाउनु पर्ने व्यवसायीहरूको पनि माग छ ।

 
 

images
प्रकाशित मिति :श्रावण ५, २०७९ बिहिवार - १४:३१:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology