Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली आज स्वदेश फर्किदै 

लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली आज स्वदेश फर्किदै 

images

इच्छाकामना न्युज

३, श्रावण २०७९
लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली आज स्वदेश फर्किदै 
images

काठमाण्डौ, ३ साउन । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली आजस्वदेश फर्कदै छन् । नेपाल क्रिकेट सङ्घ(क्यान) ले नेपाली टोली आज दिउसो २ः४५ बजे नेपाल आईपुग्ने जनाएको छ ।

स्कटल्याण्ड सिरिजमा नेपालले घरेलु टोली र नामिबियासँग दुई दुई खेल खेलेको थियो । सिरिजको ४ खेलमा नेपाल एक खेलमा मात्र विजयी भएको थियो ।

नामिबियासँगको दुई खेलमा दुवैमा नेपाल पराजित भएको थियो । घरेलु टोलीसँग नेपालले एक खेलमा जित र एकमा हार व्यहोरेको थियो । लिग टू आगामी वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट हो ।

यस प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ । नेपाल २० खेलबाट १७ अङ्क सहित छैटौं स्थानमा रहेको छ । ओमान ३६ खेलमा ४४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - १०:२२:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology