Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काठमाडौँ उपत्यकाका दुई सय ८० वटा ढुङ्गेधारा सुके, ९४ वटा मासिए 

काठमाडौँ उपत्यकाका दुई सय ८० वटा ढुङ्गेधारा सुके, ९४ वटा मासिए 

images

इच्छाकामना न्युज

३, श्रावण २०७९
काठमाडौँ उपत्यकाका दुई सय ८० वटा ढुङ्गेधारा सुके, ९४ वटा मासिए 
images

सजना तिमल्सिना, काठमाडौँ, ३ साउन । काठमाडौँ उपत्यकाका करिव दुई सय वटा ढुङ्गे धाराबाट मात्रै पानी आउने गरेको पाइएको छ । उपत्यकाका २ सय वटा ढुङ्गेधारा मध्ये १२ महिनामा कुनै न कुनै बेला पानी आउने गरेको हो ।

यसले पनि कोकाकल बनेको काठमाडौँ उपत्यकालाई केही सहयोग पुग्ने सरोकारवालाहरू बताउँछन् । उपत्यकाका पाँच सय ७३ ढुङ्गे धारामध्ये दुई सय ८० वटा सुकिसकेका छन् भने ९४ वटाको नामोनिसाना नभेटिने ढुङ्गेधाराको विषयमा अनुसन्धान गरिरहनुभएका सहरीविकासविद् पद्मसुन्दर जोशीले बताउनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार आर्थिक वर्ष २०६६/०६७ मा उपत्यकामा खानेपानीको माग दैनिक ३२ करोड लिटर थियो । अहिले यो बढेर दैनिक ४३ करोड लिटर पुग्दा वर्षातको समयमा १७ करोड लिटर र हिउँदमा १० करोड लिटर पानी उपलब्ध हुने गरेको छ ।

काठमाडौँ उपत्यकामा केही दशक अघिसम्म मानव बसोबास, कृषिका लागि निश्चित क्षेत्रफलको जमिन खुला राखिन्थ्यो, यसबाट प्राचिन पोखरी, धाराको अस्तित्व जोगिएकोथियो ।

पानी आपूर्तिका लागि ललितपुरको टिकाभैरव, भक्तपुरको बागेश्वरी र काठमाडौँको बुढानिलकण्ठ हिति प्रणाली महत्वपूर्ण मानिन्छ । तर बुढानीलकण्ठको प्रणाली नष्ट भइसकेको ऐतिहासिक ढुङ्गेधारा तथा पोखरी संरक्षण सङ्घका अध्यक्ष सुशिल श्रेष्ठले बताउनुभयो ।

अध्ययनहरूका अनुसार लिच्छविकालदेखि नै काठमाडौँ उपत्यकामा ढुङ्गेधाराको प्रचलन सुरु भएको हो ।

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - १०:०९:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology