Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

५, १० र १५ शय्याका आधारभूत अस्पतालहरूको नमूना सङ्गठन संरचना तयार 

५, १० र १५ शय्याका आधारभूत अस्पतालहरूको नमूना सङ्गठन संरचना तयार 

images

इच्छाकामना न्युज

३, श्रावण २०७९
५, १० र १५ शय्याका आधारभूत अस्पतालहरूको नमूना सङ्गठन संरचना तयार 
images

काठमाण्डौ, ३ साउन । सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शय्याका आधारभूत अस्पतालहरूको नमूना सङ्गठन संरचना तयार पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नमूना सङ्गठन संरचना र दरबन्दीको तेरिज सबै स्थानीय तहलाई पठाएको हो ।

प्रस्तावित दरबन्दीमा ५ शय्याको अस्पतालमा आठौँ तहको एक जना मेडिकल अधिकृतको नेतृत्वमा ४ जना नर्स, ३ जना हेल्थ असिस्टेन्टसहित १८ जनाको दरबन्दी तेरिज प्रस्ताव गरिएको छ ।

१० शय्याको अस्पतालका लागि दुई जना मेडिकल अधिकृत, ५ जना स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट सहित २२ जनाको दरबन्दी प्रस्ताव गरिएको छ भने १५ शय्याको अस्पतालका लागि नवौँ वा दशौँ तहको मेडिकल जनरलिष्ट एक जना, मेडिकल अधिकृत २ जना स्टाफ नर्स ६ जना हेल्थ असिस्टेन्ट ४ सहित ३० जनाको लागि दरबन्दी तेरिज प्रस्ताव गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - १०:०६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology