Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने वडाहरूको सङ्ख्या ६ हजार नाघ्यो 

अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने वडाहरूको सङ्ख्या ६ हजार नाघ्यो 

images

इच्छाकामना न्युज

३, श्रावण २०७९
अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने वडाहरूको सङ्ख्या ६ हजार नाघ्यो 
images

काठमाण्डौ, ३ साउन । अनलाइन सूचना प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता गर्ने विभिन्न स्थानीय तहका वडाहरूको सङ्ख्या ६ हजार एक सय ९८ पुगेको छ । राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागका अनुसार हालसम्म ती वडाबाट ३७ लाख १५ हजार ३ सय २३ व्यक्तिगत घटना दर्ता भएका छन् ।

जसमा १९ लाख ६८ हजार २ सय ३० अनलाइन जन्मदर्ता, ४ लाख ३२ हजार ४ सय ७९ बसाईसराइ दर्ता, ७ लाख ९० हजार ९ सय ७२ विवाह दर्ता, २७ हजार २ सय ४९ सम्बन्ध विच्छेद दर्ता, ४ लाख ९६ हजार ३ सय ९३ वटा मृत्यु दर्ता भएका छन् ।

बाँकी रहेका ५ सय ४५ वटा वडामा चालु आर्थिक वर्षभित्रै अनलाईनबाट घटना दर्ता सुरु गर्न सबै प्रदेशका एमआईएस अपरेटरलाई विभागले तालिम दिइसकेको छ । ती वडाहरूलाई आवश्यक पूर्वाधारको समेत व्यवस्था गर्ने कार्य भइरहेको विभागका महानिर्देशक तिर्थराज भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो ।

२०७१ चैत ११ गतेबाट काठमाडौँ महानगरपालिकाका केही वडाबाट व्यक्तिगत घटना दर्ता अनलाइन माध्यमबाट गरी यसको शुभारम्भ गरिएको थियो ।

यसअघि जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन २०३३ अनुसार अनलाइन विद्युतीय प्रणालीलाई स्वीकार गरिएको थिएन । राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण ऐन २०७६ कार्यान्वयनमा आएपछि व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीमा लैजान थप सहज भएको हो । 

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - ०९:५६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology