Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

स्थानीय तहमा करार सेवाका कर्मचारीको विषय पेचिलो बन्दै 

स्थानीय तहमा करार सेवाका कर्मचारीको विषय पेचिलो बन्दै 

images

सिआईएन

३, श्रावण २०७९
स्थानीय तहमा करार सेवाका कर्मचारीको विषय पेचिलो बन्दै 
images

काठमाण्डौ, ३ साउन । स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले करार सेवाका कर्मचारीको नवीकरण नगरेपछि कर्मचारी व्यवस्थापन पेचिलो बन्दै गएको छ । खासगरि अघिल्लो स्थानीय तहको सरकारले नियुक्त गरेका कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष सेवा गर्न नपाउने गरि हटाउन थालेका छन् ।

केही दिन अघि दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारीलाई हटाउन लागेको भन्दै कर्मचारी प्रदर्शनमा उत्रिएपछि नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको थियो । अहिले विभिन्न पालिकाले करारका कर्मचारी हटाउने निर्णय गरेसँगै यो विषय विवादित बनिरहेको छ । विज्ञहरू भने कर्मचारी समायोजनमा सरकार चुकेकै कारण यस्तो अवस्था आएको बताउँछन् ।

राजनीतिमा, कर्मचारीमा भागबण्डा लगाउने प्रवृत्तिका कारण यस्तो भएको बताउँदै प्रशासनविद् डा. भिमदेव भट्टले यो सङ्घ सरकारले निजामती सेवा ऐन ल्याउन नसक्नुको परिणाम भएको सीआईएनसँग बताउनुभयो । करार सेवामा यसअघि कार्यरत कर्मचारीले भने स्थानीय तहले मनलाग्दी ढङ्गबाट आफूहरूलाई हटाइएको भन्दै विरोध गरिरहेका छन् ।  

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - ०९:५४:२९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology