Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चुनावको बेला पूर्ण रुपमा अपाङ्गमैत्री मतदान स्थल नभएको निष्कर्श 

चुनावको बेला पूर्ण रुपमा अपाङ्गमैत्री मतदान स्थल नभएको निष्कर्श 

images

इच्छाकामना न्युज

३, श्रावण २०७९
चुनावको बेला पूर्ण रुपमा अपाङ्गमैत्री मतदान स्थल नभएको निष्कर्श 
images

काठमाण्डौ, ३ साउन । गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको मतदान स्थल पूर्ण रुपमा अपाङ्गमैत्री, जेष्ठ नागरिक र महिलामैत्रि नभएको पनि निर्वाचन पर्यवेक्षण गरेका संस्थाको प्रतिवेदनले देखाएको छ ।

निर्वाचनको पर्यवेक्षण गरेका संस्था, सङ्कल्प र नियोकले प्रतिवेदन सार्वजनिक गर्दै औषतमा ७० प्रतिशत मात्रै मतदान स्थल अपाङ्गतामैत्रि, ज्येष्ठ नागरिक र महिलामैत्रि भएको बताएका छन् ।

३५ प्रतिशत गर्भवति महिला र २५ प्रतिशत बढि जेष्ठ नागरिकले सहज रुपमा मत खसाल्न नपाएको प्रतिवेदनमा उल्लेख छ । ३० प्रतिशतभन्दा बढी मतदान केन्द्रका मतपेटिका उच्च स्थानमा राखिँदा अपाङ्गता भएका व्यक्तिले पनि सहजरुपमा मत खसाल्न नसकेको सङ्कल्पका वरिष्ठ उपाध्यक्ष शोभा बस्नेतले बताउनुभयो ।

प्रतिवेदन अनुसार सबैभन्दा कम गण्डकी प्र्रदेशमा ५२ प्रतिशत मतदान केन्द्र महिला मैत्रि निमार्ण भएका थिए भने सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढि ७५ प्रतिशत मतदान केन्द्र महिलामैत्रि निमार्ण भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै अपाङ्गता मैत्री मतदान केन्द्र निर्माण गर्नेमा प्रदेश एक अगाडि रहेको छ जसको ७७ प्रतिशत मतदान केन्द्र अपाङ्गमैत्री थिए । 

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - ०९:५२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology