Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिको विवरण सङ्कलन 

राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिको विवरण सङ्कलन 

images

इच्छाकामना न्युज

२, श्रावण २०७९
राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिको विवरण सङ्कलन 
images

काठमाण्डौ, २ साउन । राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिले विवरण प्रविष्ट गराएका छन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अनुसार हालसम्म ५० लाख कार्ड प्राप्त भएको छ भने २ लाख कार्ड छपाइ सकिएको छ ।

राष्ट्रिय परिचय पत्रको अवधारणा १२ वर्ष अघि अर्थात २०६६÷६७ देखि सुरु भए पनि गएको मङ्सिर १ गतेबाट राहदानी बनाउँदा राष्ट्रिय परिचय पत्र पनि अनिवार्य गरे पछि बनाउनेको सङ्ख्या बढेको थियो । आगामी आर्थिक वर्ष ७० लाख कार्ड छपाई गरि तीन वर्ष भित्र सबै व्यक्तिको हातमा पु¥याउने लक्ष्यका साथ काम भइरहेको विभागका महानिर्देशक तिर्थराज भट्टराईले सीआईएनसँग बताउनुभयो ।

सबै भन्दा पहिले नेपालको पाँचथर जिल्ला र काठमाडाँै स्थित सिंहदरवारका कर्मचारीको विवरण सङ्कलन गरी राष्ट्रिय परिचय पत्रको काम सुरु भएको थियो । राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्न विभागले हालसम्म ३६ जिल्लामा घुम्ती शिविर सञ्चालन गरिसकेको छ भने १० जिल्लामा हाल जारी छ । त्यसैगरि थप ३ वटा जिल्लामा घुम्ती शिविर सञ्चालन गर्ने तयारी छ ।

images
प्रकाशित मिति :श्रावण २, २०७९ सोमवार - ०८:५५:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology