Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धर्मसंस्कृति

आज साउनको पहिलो सोमबार : शिवालयहरुमा श्रद्धालुको भिड

आज साउनको पहिलो सोमबार : शिवालयहरुमा श्रद्धालुको भिड

images

इच्छाकामना न्युज

२, श्रावण २०७९
आज साउनको पहिलो सोमबार : शिवालयहरुमा श्रद्धालुको भिड
images

चितवन, २ साउन । साउन महिनाको पहिलो सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो छ। चितवन,तनहुँ र नवलपुरको संगम देवघाटधाम, काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वरलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ। आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ।
 
यो वर्ष साउनको २ सहित ९,१६,२३ र ३० गते सोमबार परेको छ।​

images
प्रकाशित मिति :श्रावण २, २०७९ सोमवार - ०८:२३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology