Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आईसीसी पुरुष विश्वकप लिग अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दै

आईसीसी पुरुष विश्वकप लिग अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दै

images

इच्छाकामना न्युज

१, श्रावण २०७९
आईसीसी पुरुष विश्वकप लिग अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दै
images

काठमाण्डौ, १ साउन । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ ।सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध खेल्न लागेको हो ।

स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३ः४५ मा सुरु हुनेछ ।घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।

यस अघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । सिरिज अन्तर्गत नै नेपालले नामिबियासँग भने दुबै खेलमा हार व्यहोरेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको हो ।

नेपालसँग पराजित स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको छ ।नेपाल लिग टू अन्तगर्त १९ खेलमा १७ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २३ खेलमा ३२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । 

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - ०९:२४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology