Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

स्वास्थ्य समस्या आउँन सक्ने भन्दै गर्मीबाट जोगिन चिकित्सकको सुझाव 

स्वास्थ्य समस्या आउँन सक्ने भन्दै गर्मीबाट जोगिन चिकित्सकको सुझाव 

images

सिआईएन

१, श्रावण २०७९
स्वास्थ्य समस्या आउँन सक्ने भन्दै गर्मीबाट जोगिन चिकित्सकको सुझाव 
images

काठमाण्डौ, १ साउन । गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या आउन सक्ने भन्दै यसबाट जोगिन चिकित्सकले सुझाव दिएका छन् । केही दिनयता तराईसँगै पहाडी भेगमा पनि गर्मी बढेकाले सावधानी अपनाउन डाक्टर बाबुराम मरासिनीले सुझाव दिनुभयो ।

सीआइएनसँग कुरा गर्दै उहाँले गर्मीमा पकाइएको खानेकुरा केही घन्टामै बिग्रने भएकाले बासी तथा सडेगलेका खानेकुरा नखान, धेरै मसलायुक्त खानेकुरा नखान, पानी उमालेर मात्र पिउन, काँचो र नपाकेका खानेकुरा नखान आग्रह गर्नुभयो ।

जाडो महिनाको तुलनामा दोब्बर धेरै पानी पिउन, सकेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे पूरा बाहुला भएको लुगा लगाउने, टोपी रचस्मा लगाउने तथा हिँड्दा छाता ओड्ने गरे पनि गर्मीबाट बच्न सकिने डाक्टर मरासिनीले बताउनुभयो ।  

सकेसम्म घाममा बसेर काम नगर्न, काम गर्नैपरे आराम गर्दै काम गर्नुपर्ने, सफा पानी धेरै मात्रामा पिउन, ताजा जुस, झोलिलो खानेकुरा धेरै खान उहाँको सुझाव छ । 

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - ०९:०९:४४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology