Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मौसम

पर्याप्त पानी नपर्दा देशभर गर्मी, पर्सिदेखि पानी पर्ने पूर्वानुमान 

पर्याप्त पानी नपर्दा देशभर गर्मी, पर्सिदेखि पानी पर्ने पूर्वानुमान 

images

इच्छाकामना न्युज

१, श्रावण २०७९
पर्याप्त पानी नपर्दा देशभर गर्मी, पर्सिदेखि पानी पर्ने पूर्वानुमान 
images

चितवन, १ साउन । मनसुन चलिरहपनि पर्याप्त पानी नपर्दा देशभर गर्मी बढेको छ । एक हप्तामा ३ देखि ७ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गत शनिबार २७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको पोखराको हिजोको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । गत शनिबार २० डिग्री सेल्सियस रहेको जोमसोमको हिजोको तापक्रम २५ डिग्री मापन गरिएको छ । गत शनिबार २८ दशमलव ५ डिग्री मापन गरिएको काठमाडौँको हिजोको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुुगेको छ ।

महाशाखाले दैनिक अद्यावधिक गर्ने २० वटा मापन केन्द्रमध्ये १३ वटाको अधिकतम तापक्रम ३० डिग्रीभन्दा माथि छ । तर आज र भोलि तापक्रम घट्ने गरि पानी पर्ने सम्भावना कम रहेको वरिष्ठ मौसमविद् शान्ति कँडेलले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार पर्सिलाई भने देशका विभिन्न ठाउँमा भारी वर्षासमेत हुने देखिएकाले त्यसपछि भने अधिकतम तापक्रम थोरै भएपनि घट्नसक्नेछ । यसले केही राहत मिल्ने उहाँको भनाइ छ ।

आज र भोलि देशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । तर पर्सि सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । 

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - ०९:०५:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology