Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भारत भ्रमणमा रहनुभएका माओवादी अध्यक्ष प्रचण्ड आज दिनभर भेटघाटमा व्यस्त 

भारत भ्रमणमा रहनुभएका माओवादी अध्यक्ष प्रचण्ड आज दिनभर भेटघाटमा व्यस्त 

इच्छाकामना न्युज

३२, आषाढ २०७९
भारत भ्रमणमा रहनुभएका माओवादी अध्यक्ष प्रचण्ड आज दिनभर भेटघाटमा व्यस्त 

भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिनभर राजनीतिक भेटघाटमा व्यस्त हुनु हुने भएको छ । तीन दिने भ्रमणका लागि हिजो भारतको राजधानी नयाँदिल्ली पुग्नुभएका प्रचण्डले आज भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्नुहुने छ ।

images

त्यसपछि आजै उहाँले विदेशमन्त्री डा. एस जयशङ्कर र विदेश सचिव विनयमोहन क्वात्रासँग पनि भेटघाट गर्नुहुनेछ । ‘फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी’ नामक संस्थाद्वारा आयोजित नेपाल भारतसम्बन्धी सेमिनारमा पनि उहाँले आज प्रमुख वक्ताको रूपमा सहभागी हुनुहुनेछ ।  प्रचण्डको सम्मानमा विदेशमन्त्री जयशङ्करले आज रात्रिभोजको आयोजना गर्नुहुने छ । जहाँ भारत सरकारका शीर्ष मन्त्रीहरूसँग भेट हुनेछ । प्रचण्डले भोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ ।

मोदीसँगको भेटपछि प्रचण्ड दिनदयाल मार्गस्थित भाजपा मुख्यालय जानुहुने छ । त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट हुनेछ । सोही दिन अध्यक्ष नड्डाले आयोजना गरेको दिवाभोजमा सहभागी भएर साँझ स्वदेश फर्किने प्रचण्डको सचिवालयले जनाएकोछ ।

images
प्रकाशित मिति :आषाढ ३२, २०७९ शनिवार - ०९:२५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology