काठमाण्डौ, ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज तीनदिने औपचारिक भ्रमणको लागि भारत जाँदै हुनुहुन्छ । उहाँ दिउँसो १ बजे भारत जाने तयारी भएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार भारतमा रहँदा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उच्चस्तरीय भेटघाट गर्ने योजना छ ।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणमा भारत जान लागेका प्रचण्ड पर्सि आइतबार स्वदेश फर्कनुुहुनेछ । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रचण्ड भारत जान लागेको सचिवालयले दावी गरेको छ ।
तर चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ लियानचाओ नेपालको चार दिने भ्रमण सकेर फर्किएलगतै प्रचण्ड भारत जान लागेको भन्दै विभिन्न टिप्पणी भइरहेका छन् ।