Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रतिनिधि सभाले साढे दुई वर्षपछि आज उपसभामुख पाउँदै

प्रतिनिधि सभाले साढे दुई वर्षपछि आज उपसभामुख पाउँदै

images

इच्छाकामना न्युज

३१, आषाढ २०७९
प्रतिनिधि सभाले साढे दुई वर्षपछि आज उपसभामुख पाउँदै
images

काठमाण्डौ, ३१ असार । प्रतिनिधि सभाले साढे दुई वर्षपछि आज उपसभामुख पाउने भएको छ । २०७६ साल माघ ६ गतेदेखि रिक्त उपसभामुख पदको लागि आज मतदान हुन लागेको हो ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको दोस्रो बैठकमा माओवादी केन्द्रका सांसद् देवप्रसाद गुरूङले काँग्रेस सांसद् पुष्पा भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची छ । उहाँको यो प्रस्तावमा सांसद् लक्ष्मी चौधरीले समर्थन गर्नुहुनेछ ।

एमाले सांसद् विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गर्नको लागि सांसद् शान्ता चौधरीले प्रस्ताव र कृष्णभक्त पोखरेलले समर्थन गर्नुहुनेछ । यी दुवै प्रस्ताव निर्णयार्र्थ प्रस्तुत गरेपछि मतदान हुनेछ । उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ ।

हाल २ सय ७१ सांसदछन् । जसको बहुमत १ सय ३६ हो । नेकपा एमालेसँग ९८ सांसद छन् भने सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन् । त्यसमा १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साथ दिने गठबन्धनका नेताहरूले दाबी गरे पनि लोसपाले भने अहिलेसम्म निर्णय गरेको छैन । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएपछि साढे दुई वर्षदेखि प्रतिनिधि सभा उपसभामुख विहीन छ । 

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - ०९:१८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology