चितवन, ३० असार । आज देशका थोरै स्थानमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मनसुनी वायुको सामान्य प्रभाव रहेकाले आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी परेसँगै बाढी, पहिरो र डुबानको जोखिम भने रहेको भन्दै महाशाखो सार्वधानी अपनाउन अनुरोध पनि परेको छ ।