Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

श्रीमतीको नक्कली फेसबुक आईडी बनाएर अश्लील कुरा लेख्दा…

श्रीमतीको नक्कली फेसबुक आईडी बनाएर अश्लील कुरा लेख्दा…

images

इच्छाकामना न्युज

२८, आषाढ २०७९
श्रीमतीको नक्कली फेसबुक आईडी बनाएर अश्लील कुरा लेख्दा…
images

काठमाडौ, २८ असार । श्रीमतीको तस्बीर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अस्लिल क्याप्सन सार्वजनिक गरी चरित्रहत्या गर्ने रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षका जीवन दमाईंलाई पक्राउ गरिएको हो ।

प्रहरीको साइबर ब्यूरोले आज एक सूचना जारी गरी अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ । यस्तै ब्यूरोले सामाजिक सञ्जालमा चार नाबालिकाको तस्बीर प्रयोग गरी नक्कली फेसबुक खोलेर अस्लिल शब्द प्रयोग गरी पीडितको आफन्त तथा साथीभाइलाई पठाएर चरित्र हत्या गर्नै अर्का व्यक्ति पनि पक्राउ गरेको जनाएको छ ।
 
यसरी चरित्रहत्या गर्नेमा सिन्धुली जिल्लाको रातोगुराँसे घर भई काठमाडौँको कीर्तिपुर बस्ने विकास भन्ने राजेश विक रहेका छन् । दुवैमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - २१:१८:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology