काठमाडौं, २८ असार । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो ।
सञ्चय कोषले नवौं तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ ।
