Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज विश्व जनसङ्ख्या दिवस, नेपालमा पनि मनाइँदै 

आज विश्व जनसङ्ख्या दिवस, नेपालमा पनि मनाइँदै 

images

इच्छाकामना न्युज

२७, आषाढ २०७९
आज विश्व जनसङ्ख्या दिवस, नेपालमा पनि मनाइँदै 
images

काठमाण्डौ, २७ असार । आज विश्व जनसङ्ख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व जनसङ्ख्या दिवस‘आठ अर्ब जनसङ्ख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति’ नाराका साथ मनाइँदै छ ।

सन् १९८९ देखि संयुक्त राष्ट्र सङ्घले ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवसका रूपमा मनाउन थालेको हो । नेपालमा पनि सोही वर्षदेखि मनाइँदै आएको छ ।

विश्व जनसङ्ख्या कोषले आज सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस २०२२’ अनुसार विश्वको जनसङ्या सन् २०८० को दशकमा करिब १० दशमलव ४ अर्बसहित उच्च बिन्दुमा पुग्नेर सन् २१०० सम्म त्यही स्तरमा रहनेछ । औसत आयुमा भएको वृद्धि तथा घट्दै गएको शिशु तथा मातृ मृत्युदरका कारण जनसङ्ख्या पहिलेभन्दा धेरै भएको विश्लेषण गरिएको छ ।

कोषका अनुसार विश्वको जनसङ्ख्या सातदेखि आठ अर्बसम्म पुग्न १२ वर्ष लागेको र ६ देखि ७ अर्ब पुग्न पनि उत्तिकै समय लागेको थियो । अहिलेको वृद्धिदरलाई हेर्दा अब अर्को अर्ब थपिन भने करिब साढे १४ वर्ष लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अहिले दुई करोड ९१ लाख ९२ हजार ४८० जनसङ्ख्या छ ।

आगामी कात्तिकभित्र जनगणनाको पूर्ण विवरण आउँदा करिब तीन लाख जनसङ्ख्या थपिएर र नेपालको जनसङ्ख्या दुई करोड ९४ लाख पुग्ने अनुमान गरिएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले बताउनुभयो ।

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - ०८:५७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology