Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सीपीसीका विदेश विभाग प्रमुख लिउले आज राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै 

सीपीसीका विदेश विभाग प्रमुख लिउले आज राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै 

images

इच्छाकामना न्युज

२७, आषाढ २०७९
सीपीसीका विदेश विभाग प्रमुख लिउले आज राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै 
images

काठमाण्डौ, २७ असार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्न लाग्नुभएको छ । चार दिने नेपाल भ्रमणका लागि हिजो काठमाडौं आइपुग्नुभएका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग हिजै भेटवार्ता गरिसक्नुभएको छ ।

आज भने उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्न लाग्नुभएको हो । उहाँले अध्यक्ष प्रचण्डसँग अपराह्न चार बजे खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस्तै आजै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उहाँ पर्सि स्वदेश फर्किनुहुनेछ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - ०८:५२:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology