चितवन, २७ असार । चितवनसहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ । मनसुन कमजोर भएकाले देशका धेरै ठाउँमा घाम चर्किएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार आज केही पहाडी क्षेत्रमा बेलुकीपख हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
तर, धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने छ । अबको तीन चार दिन नै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।