Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र प्रधानमन्त्री देउवाबीच भेटवार्ता 

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र प्रधानमन्त्री देउवाबीच भेटवार्ता 

images

इच्छाकामना न्युज

२६, आषाढ २०७९
सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र प्रधानमन्त्री देउवाबीच भेटवार्ता 
images

काठमाण्डौ, २६ असार । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । चार दिने भ्रमणका लागि आज बिहान मात्रै नेपाल आइपुग्नुभएका जियानचाओले आफ्नो पहिलो भेट नै प्रधानमन्त्री देउवासँग गर्नुभएको हो ।

प्रधानमन्त्री देउवा र उहाँबीचमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ नेता जियानचाओले परराष्ट्रमन्त्री नारयण खड्कासँग पनि भेटघाट गर्ने कार्यसूची रहेको छ ।

 जियानचाओले जिम्मेवारी सम्हाले लगत्तै नेपाल भ्रमण गर्नु र यहाँको शीर्ष राजनीतिक नेतृत्वसँग संवाद गर्नुलाई चीनले नेपाललाई प्राथमिकता दिइएको रूपमा विश्लेषण गरिएको छ ।  गत जुनमा सीपीसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उहाँले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्नुभएको छ ।

नेपाल आउनुअघि उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री खड्कासँग भर्चुअल संवाद गर्नुभएको थियो ।  भ्रमणका क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने कार्यक्रम रहेको छ । उहाँ बुधबार बिहान चीन फर्किनुहुने छ । 

images
प्रकाशित मिति :आषाढ २६, २०७९ आइतवार - २०:५७:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology