Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

images

इच्छाकामना न्युज

२५, आषाढ २०७९
एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई
images

काठमाडौं, २५ असार । एनएफपीजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट प्रतियोगिताको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो ।

स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम , सिलापत्र, गोरखापत्र,रासस,हाम्रो जन्मभूमि,नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ लगायत हाम्रो फूटसल टिम , गुरुङ पत्रकार सघ लगायतका टिमहरु सहाभागीता रहेको थियो । 

त्यसै गरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वाइ पाएर सिधै फाइनलमा पुगेको थियो । 

सेमिफाइनलमा एटजोनलाई हराएर आएको धादिङ टीमलाई २ का विरुद्ध ४ गोल अन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टीमले उपाधि हात पारको थियो । १५ मिनेटको खेलमा हाम्रो फुटसल टीमका बासु अवाल र आसिश पुडासैनीले २, २ गोल गरेका थिए । म्यान अफदी म्याच बासु अवालले पाएका थिए । उत्कृष्ट गोलकिपर धादिङ फोटोपत्रकार सघंका श्रीकष्ण भण्डारी ले पाउन सफल भए । 

साथै विजेताहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र सस्थाका अध्यक्ष प्रदीपराज वन्तले वितरण गर्नुभएको थियो । उत्त कार्यक्रममा वोल्दै सास्थाका अध्यक्ष प्रदिपराज वन्तले राष्टिय फोटोत्रपकार समूहको सस्थाको २५र्औ स्थापना दिवसको अवसरमा पत्रकार तथा फोटोपत्रकारहरु विच भाइचाराको सम्वन्ध रहोस भन्ने हेतुले उक्त कार्यक्रम गरिएको वताउनु भयो । 

उक्त कार्यक्रममा विजवजार डटकम र स्वस्तीश्री गुरुकुल स्कुलको पनि महत्वपूर्ण सहयोग रहेको थियो ।

images
प्रकाशित मिति :आषाढ २५, २०७९ शनिवार - २३:०९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology