Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तीन महिने सुदृढीकरण अभियान सञ्चालन गर्दै आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)

तीन महिने सुदृढीकरण अभियान सञ्चालन गर्दै आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)

इच्छाकामना न्युज

२५, आषाढ २०७९
तीन महिने सुदृढीकरण अभियान सञ्चालन गर्दै आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)
images

काठमाण्डौ, २५ असार । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले तीन महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

images
images

फोनिजको शुक्रबार सम्पन्न संघीय समितिको तेस्रो पूर्ण बैठकले साउन १ गतेदेखि असोज २७ गतेसम्म अभियान चलाउने निर्णय गरेको हो ।

अभियान अवधिमा फोनिजको जिल्ला र विदेश शाखा, प्रादेशिक समितिहरुको बैठक सञ्चालन, वार्षिक क्यालेण्डर निर्माण, प्रशिक्षणलगायत कार्य गरिने महासचिव मिलन लिम्बूबाट प्रस्तुत कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै तीन महिने अभियानकै बीच फोनिजले आफ्ना सदस्यहरुको अभिलेखलाई डिजिटलाइज गर्ने जनाएको छ । अब सदस्यताको लागि अनलाइन प्रणालीमार्फत आवेदन दिने र अनलइनबाटै सदस्यता स्वीकृतिलगायत प्रक्रिया सम्पन्न हुने छ ।

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै कायम गराउन फोनिजले अभियानकै क्रममा नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाउने, संघको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रदेश सरकारको सञ्चार हेर्ने मन्त्रालयहरुबाट समेत सरकारलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।

त्यसैगरी अभियानकै क्रममा फोनिजले नेपाल आदिवासी जनजाति महासंघलगायत विभिन्न आदिवासी जनजातिजन्य संघसंस्थाहरुसँग अन्तरसम्बन्ध सुधारका लागि विभिन्न चरणमा अन्तरक्रिया र छलफल गर्ने निर्णय गरेको छ ।

बैठकले असोज २८ र २९ गते फोनिजको नीति तथा विधान सम्मेलन गर्ने समेत निर्णय गरेको छ ।

images
प्रकाशित मिति :आषाढ २५, २०७९ शनिवार - २२:२०:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology