Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्ने 

नेपालले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्ने 

images

एजेन्सी

२२, आषाढ २०७९
नेपालले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्ने 
images

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । यसअघि गएरातिका लागि तय भएको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको छ । आजका लागि तय भएको खेल नेपाली समय अनुसार राति पौने ९ बजे किङ सिटी रङ्गशालामा हुनेछ । दुई खेलको एकदिवसीय श्रृङ्खला खेल्नको लागि नेपाली टोली क्यानडा पुगेको हो ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो ।

दुबै खेलमा नेपाल विजयी भएको थियो । क्यानडासँगको श्रृङ्खलापछि नेपाली टोली स्कटल्याण्ड जानेछ । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको श्रृङ्खलामा घरेलु टोली र नामिबियासँग खेल्नेछ । 

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - ०९:२९:२२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology