Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

३५ हजारभन्दा बढी कर्मचारीको व्यवस्थापन नहुँदा सेवाग्राहीलाई सास्ती 

३५ हजारभन्दा बढी कर्मचारीको व्यवस्थापन नहुँदा सेवाग्राहीलाई सास्ती 

images

सिआईएन

२२, आषाढ २०७९
३५ हजारभन्दा बढी कर्मचारीको व्यवस्थापन नहुँदा सेवाग्राहीलाई सास्ती 
images

स्नेहा कर्ण, काठमाडौं, २२ असार । नयाँ संविधान बनेपछि मुलुक सङ्घीयताको अभ्यासमा गएको ६ वर्ष पूरा भइसकेको छ । संविधान अनुसार निजामति कर्मचारीको व्यवस्थापनका लागि भने हालसम्म नीतिगत रुपमा कुनै प्रगति भएको छैन ।

कर्मचारीहरू २०५० कै ऐन अनुसार परिचालित हुँदा सेवाग्राही र कर्मचारी आआफ्नै समस्यामा छन् । वर्तमान सरकार आइसकेपछि अध्यादेशबाट ऐन ल्याउने भनिए पनि ढिलाइ भइरहेको छ । सेवासुविधाका लागि नागरिक कुनै पनि सरकारी निकायमा पुग्दा केही अपवादबाहेक धेरै ढिलो भएको, समयमा काम नसकिएको गुनासो आउन छोडेको छैन ।

सम्बन्धित सरकारी कार्यालय भने यसो हुनुको मुख्य कारण कर्मचारीको अभाव हो भन्दै टार्छन् । घोराही उप महानगरपालिकामा कार्यरत कर्मचारी ईश्वरीराज पाण्डे पनि यही भन्नुहुन्छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले देशभर ३५ हजारभन्दा बढी कर्मचारीको व्यवस्थापन हुन सकेको छैन ।

यो समस्या समाधानका लागि सङ्घीय निजामति सेवा ऐन ल्याउने बारेमा छलफल चलेको पनि महिनौँ भइसकेको मन्त्रालयका सह सचिव नारायण अर्याल बताउनुहुन्छ । निजामति सेवा ऐन नबन्दा समायोजन भएर गएका झन्डै ७९ हजार कर्मचारीको वृत्तिविकास रोकिएको छ । ३ वर्ष अघि संसदमा पेश भएको सङ्घीय निजामती सेवा विधेयक गत माघमा फिर्ता भएको थियो ।

सरकारले चाहेमा निजामति सेवा ऐन, ल्याउन सक्छ । तर, राजनीतिक दलहरूका कारण अड्किएको बताउनुहुन्छ प्रशासन क्षेत्रका एक जना जानकार बालकृष्ण प्रसाइँ । निजामति सेवा विधेयकको मस्यौदामा वैदेशिक भ्रमण, अध्ययन बिदाका लागि  स्थानीय तहमा काम गरेकालाई प्राथमिकता दिने उल्लेख छ ।

कर्मचारी पदपूर्तिका लागि दरबन्दी थप, कार्य प्रकृति र कार्यबोझको विश्लेषण गरी कर्मचारी हेरफेर गर्ने मस्यौदामा भनिए पनि यो हालसम्म पारित नहुँदा प्रदेश लोकसेवा आयोगहरूले कर्मचारी पदपूर्ति गर्न सकेका छैनन् । 

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - ०९:२१:१३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology