Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रतिनिधि सभाको बैठक बस्दै, सरकारले नागरिकता विधेयक फिर्ता लिने 

प्रतिनिधि सभाको बैठक बस्दै, सरकारले नागरिकता विधेयक फिर्ता लिने 

images

सिआईएन

२२, आषाढ २०७९
प्रतिनिधि सभाको बैठक बस्दै, सरकारले नागरिकता विधेयक फिर्ता लिने 
images

काठमाण्डौ, २२ असार । सरकारले संसद्मा विचाराधिन नागरिकता विधेयक आज औपचारिक रुपमा फिर्ता लिने भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारले गरेको हो ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।

विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले झन्डै २ वर्ष दफावार छलफल गरेर प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो ।

प्रतिवेदन प्रतिनिधिसभामा विचाराधीन रहेको अवस्थामा सरकारले विधेयक नै फिर्ता लिने निर्णय गरेको वन तथा वातावरण मन्त्री प्रदिप यादवले सीआइएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार आज विधेयक फिर्ता लिने र नयाँ नागरिकता विधेयक दर्ता गर्ने सरकारको तयारी छ । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था छ ।

सरकारले छिटोभन्दा छिटो विधेयकमाथि पर्याप्त छलफल गरी संसदबाट पारित गर्नुपर्ने समयमा उल्टै फिर्ता लिने निर्णय गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले भने आपति जनाएको छ ।

आजको प्रतिनिधि सभाको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक र कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची रहेको ससद् सचिवालयले जनाएको छ । 

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - ०९:११:३७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology