चितवन, २१ असार । अहिले बिहान देशका विभिन्न पाँच प्रदेशमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा वर्षा भइरहेको छ। साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जनःचट्टयाङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।