Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मनसुनजन्य रोगका लागि चाहिने आवश्यक औषधि तयारी अवस्थामा

मनसुनजन्य रोगका लागि चाहिने आवश्यक औषधि तयारी अवस्थामा

images

सिआईएन

१९, आषाढ २०७९
मनसुनजन्य रोगका लागि चाहिने आवश्यक औषधि तयारी अवस्थामा
images

काठमाण्डौ, १९ असार । सरकारले मनसुनजन्य रोगका लागि चाहिने आवश्यक औषधि तयारी अवस्थामा रहेको बताएको छ । काठमाडौं उपत्यकामा फैलिएको हैजा र अन्य स्थानमा मनसुनमा देखिने सङ्क्रामक रोगको जोखिमलाई ध्यानमा राखेर सरकारले आवश्यक औषधि र पुर्नजलिय झोलयुक्त तत्त्वहरू तयारी अवस्थामा रहेको जनाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले सरकारले मनसुनजन्य विपदबारे योजना बनाएर काम गरिरहेको सीआईएनसँग बताउनुभयो । उहाँले सरकारले हरेक वर्ष मनसुनजन्य विपदको बेला देखा पर्ने सरुवा तथा सङ्क्राम रोगको जोखिमलाई ध्यानमा राखेर योजना अनुसार काम गर्दै आएको बताउनुभयो ।

उहाँले मनसुनको समयमा देखिने विभिन्न सङ्क्रामक र सरुवा रोगबाट जोगिनका लागि सर्वसाधारणले सरसफाइमा विशेष ध्यान दिनुपर्ने भएकाले सचेत रहन पनि आग्रह गर्नुभयो ।

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - ०९:०४:२४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology